विकासको नाममा जताततै डोजर आतंक :डिला संग्रौला

विकासको नाममा जताततै डोजर आतंक :डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले देशविकासको नाममा जताततै डोजर आतंक बढेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन्, ‘देशविकासको नाममा जताततै डोजर आतंक, क्रसरको जथाभावी प्रयोग, नदी कटान, जंगल फँडानी, ढुंगा, गिटी, बालुवाको दोहनले चुरे दिनप्रतिदिन मरुभूमीमा प्रयोग हुँदैछ ।’

उनले सरकारलाई प्रश्न गरिन, ‘प्रकृति नष्ट गर्नेगरी क्रसर उद्योगलाई सरकारले जथाभावी संचालन गर्ने अधिकार किन दियो ?’ उनले पछिल्लो समय चुरेको वनजंगलको फँडानी तीव्र रहेको उल्लेख गर्दै चुरे क्षेत्रका नदीनालाको उत्खनन र दोहन व्यापक बढेको बताइन् ।

चुरे संरक्षणका लागि दीर्घकालीन उपाय के हो ? राष्ट्रपति चुरे संरक्षण कार्यक्रम देखिने र अनुभूत हुने गरी कहिले कार्यान्वयन हुन्छ ? उनले प्रश्न गरिन् ।