सुन गायव पार्ने इन्सपेक्टर खेमप्रसाद सहित १६ प्रहरी निलम्बनमा

सुन गायव पार्ने इन्सपेक्टर खेमप्रसाद सहित १६ प्रहरी निलम्बनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर खेमप्रसाद नेपाल सहित १६ जना प्रहरी निलम्बनमा परेका छन् । रसुवाको केरुङबाट भित्रिएको तस्करीको ४२२ ग्राम सुन समातेर आफैंले लुकाएको अभियोगमा इन्सपेक्टर खेमप्रसाद नेपाल सहित १६ जना प्रहरी निलम्बनमा परेका  हुन् ।

तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीहरुमाथि प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो । छानविन गर्दा दोषी देखिएपछि उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

टिमुरे प्रहरीको इलाकाबाट आउँदै गरेको ना.६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो । ११ पुसमा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा फेला परेको सुन भन्सार कार्यालयमा बुझाउनुपर्नेमा इन्सपेक्टर नेपाल सहितको टोलीले बाँडीचुँडी खाएको छानविन पछि खुलेको छ ।