सरकारले माग्यो १५ सय शिक्षक, लाइसेन्स नचाहिने

सरकारले माग्यो १५ सय शिक्षक, लाइसेन्स नचाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले एक हजार ५ सय जना शिक्षक माग गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्म विद्यालयमा पढाउनका लागि स्वंयसेवक शिक्षक माग गरेको हो ।

विकास केन्द्रले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले  http://doe.gov.np मा जागिरका लागि निवेदन दिन सक्ने बताएको छ ।

शिक्षक हुन अंग्रेजी, गणित र विज्ञान मूल विषय दिएर पढेकाहरू हुनु पर्नेछ यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) नचाहिने केन्द्रले जनाएको छ ।

विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा आउँदो शैक्षिक सत्र वैशाखदेखि नै स्वंयसेवक शिक्षक पठाउने तयारी सुरु गरेको केन्द्रका महानिर्देशक तुलसीप्रसाद खतिवडाले जानकारी दिए ।

देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ । सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार तोकिएको छ ।

स्नातकोत्तर पढेकाको तलब भने सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ ।