गाली बेइजतीको मुद्धा लिएर अदालत पुगे गोकुल बाँस्कोटा

गाली बेइजतीको मुद्धा लिएर अदालत पुगे गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ७० करोड घुस बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका छन् ।

आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर शुक्रबार उनी जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिएको फेसबुकमार्फत जानकारी गराएका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु, धन्यवाद ।’