प्रचण्डको सन्देश लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे माधव नेपाल


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सचिवालय बैठकको निर्णय कार्यान्वयनकाे विषयलाई लिएर पार्टीभित्र विवाद भइरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

शुक्रबार बिहान अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूसँगको भेटवार्ता सकेर नेपाल बालुवाटार गएका थिए । बिहान साढे सातबजदेखि सुरु भएको बैठकमा नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल सहभागी थिए ।

बिहान साढे नौ बजेसम्म बसेको बैठकमा बुधबारको सचिवालय बैठकको निर्णय तुरुन्तै कार्यान्वयन गर्नुपर्ने र उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री ओली बाधक बन्न नहुने निष्कर्ष निकालिएको थियो ।

नेकपाका एक नेताका अनुसार पछिल्लो समय ओलीसँग अन्य नेताहरुको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्डको सन्देश लिएर नेता नेपाल बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement