भक्तपुर – विप्लव नेतृत्व नेकपाका दुई कार्यकर्तालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी भक्तपुरले जनाएको छ ।
भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको हो ।
कालिकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ निकोसेरा बस्दै आएका बोगटी विप्लव नेकपाका पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीको भनाइ छ । यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगार घर भई भक्तपुरकै मध्यपुर ठिमी–२ बस्ने पुन पनि पूर्व जिल्ला सेक्रेटरी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया