काठमाडौं – कोरोना भाइरस(कोभिड-१९)प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा सरकारले चीनमा रहेका सबै नेपालीहरुको विवरण संकलन गरेको छ । शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले सूचना प्रकाशित गरी चीनमा रहेका सबै नेपाली नागरिकको अद्यावधिक विवरण संकलन गरिरहेको जानकारी दिएको छ ।
राजदूतावासले चीनमा रहेका र हालका लागि स्वदेश फर्किएका नेपाली नागरिकलाई आफ्नो वैयक्तितक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । कोभिड–१९ सँग जुधिरहेकोनेपालीहरुलाई विविध प्रकृतिको सेवा प्रदान गर्न सहज हुने भन्दै राजदूतावासले विवरणसंकलन गरिरहेको जानकारी दिएको छ ।
विश्वभर २९२३ को मृत्यु,८५हजारभन्दा बढी संक्रमित शनिबारबिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय २३ पुगेको छ।त्यसमध्ये चीनमा मात्रै २ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ। चीनबाहिर विभिन्न ८मुलुकमा कोभिड-१९ ले ८८ जनाको मृत्यु भएको छ। चीनमा पछिल्लो समय कोभिड-१९ को संक्रमण घट्दै गएपनि विश्वका अन्य मुलुकमा भने फैलिँदै गएको छ ।
चीन बाहिर इरानमा सबैभन्दा बढी ३४ जनाको मृत्यु भएको छ। शनिबार बिहानसम्म इरानमा ३ सय ८८जनामा कोभिड(१९ को संक्रमण देखिएको छ। इरानका उपराष्ट्रपति रउपस्वास्थ्यमन्त्रीलाई नै संक्रमण देखिएको छ।
त्यस्तैचीनबाहिर दक्षिण कोरियामा तीव्र रुपमा कोभिड(१९ को संक्रमण फैलिएको छ। शुक्रबार मात्रै दक्षिण कोरियामा थप एक हजार एक सय ६५जनामा कोभिड संक्रमण देखिएको छ। शनिबार बिहानसम्म कोरियामा १६ जनाको मृत्यु भएको छभने दुई हजार ९ सय ३१ जनामा संक्रमण देखिएको छ। त्यस्तै इटालीमा २१ जनाको मृत्युहुनुका साथै ८ सय ८९ जनामा संक्रमण देखिएको छ।





प्रतिक्रिया