भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगे

भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नेपाल आइपुगेका छन् । राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार बिहान करिब ११ बजे काठमाडौं आइपुगेका हुन् ।

क्वात्रालाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।

फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।