प्रधानमन्त्री ओलीलाई मोदीले भनेः पशुपतिनाथले सधैँ तपाईंको दीर्घायूको आशिर्वाद दिऊन्

प्रधानमन्त्री ओलीलाई मोदीले भनेः पशुपतिनाथले सधैँ तपाईंको दीर्घायूको आशिर्वाद दिऊन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल सल्यक्रिया र स्वास्थ्यलाभको कामना गरेका छन् । मोदीले सोमबार बिहान सामाजिक सञ्जाल ट्विटटरमार्फत सो शुभकामना दिएका हुन् ।

मोदीले लेखेका छन्, ‘मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु । भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन् । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईंको निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु ।’

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि आज (सोमबार) अस्पताल भर्ना हुँदैछन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । मिर्गौला प्रत्यारोपण गर्न अस्पताल जान लागेका प्रधानमन्त्री ओलीलाई दक्षिणी छिमेकी मुलुकका प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।