काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेकी छन् ।
राजदूत् यान्छीले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा रहेका प्रधानमन्त्रीलाई सामाजिक सञ्जालबाट स्वास्थ्यलभाको कामना गरेकी हुन् ।
उनले भनेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीको शल्यक्रियाको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
अोलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ । बुधबार बिहान १० बजे उनलाई अपरेशन थिएटरमा लगिएको छ । उनलाई भाञ्जीले मिर्गौला दिने भएकी छन् ।




प्रतिक्रिया