बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया –महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ ।

सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बालविवाह, बलिप्रथा, घुङटो र दाइजोप्रथा, लैंगिक विभेद, बोक्सी आरोपलगायत कुरीतिलाई हटाउनुपर्नेमा जोड दिएका थिए । बढैयाताल गाउंपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक नीतिनियम समयअनुरुप परिवर्तन हुनुपर्ने तथा समाजिक एवंम धार्मिक अगुवाले महिला हिंसा विरुद्धका नीति प्रदेश र गाउंस्तरमा बनाउनुपर्ने औंल्याएका थिए ।

महिला हिंसाविरुद्धको अन्तर धार्मिक राष्ट्रिय सञ्जालका सचिव हर्ष थापा, हिन्दू धर्मका गुरु धर्मेन्द शर्मा, मुसलमान अगुवा मो अतिक अहमद र बडघरका छङ्गला थारुले हिन्दू, बुद्ध, मुसलमान र इसाइ सम्पूर्ण धार्मिक गुरुलाई महिला हिंसाविरुद्ध अभियान चलाउन अनुरोध गरेका थिए ।