कार्यालय सहयोगी कुटेका वडाध्यक्षले मागे माफी

कार्यालय सहयोगी कुटेका वडाध्यक्षले मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – आफ्नै वडा कार्यालयका सहयोगीलाई कुटपिट गर्ने दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले लिखित रुपमा माफी मागेका छन् ।

दुवै पक्षका बिचमा सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय दाङमा भएको छलफलमा वडाध्यक्ष सार्कीले आफूबाट गल्ती भएको भन्दै लिखित रुपमा माफी मागेका हुन् ।

कार्यालय सहयोगीमाथी कुटपिट गर्नु आफ्नो गल्ती भएको भन्दै आउँदा दिनमा यस्तो गल्ती नहुने वडाध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुटपिटको विरोधमा स्थानीयबासीले घोराहीमा प्रर्दशन र नाराबाजी गरेका थिए । आफ्नै वडा कार्यालयको सहयोगी पतिराम चौधरीलाई कुटपिट गर्ने वडाध्यक्ष सार्कीलाई कारबाही गर्न माग गर्दै स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घोराही उपमहानगरपालिकाको मूलद्वारमा प्रर्दशन एवं नाराबाजी गरेका थिए ।

प्रर्दशनपछि जिल्ला प्रहरी कार्यालयले आह्वान गरेको छफलमा लिखित सहमति भएको थियो ।

यसअघि गएको शुक्रबार आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।