युएईमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो

युएईमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई – संयुक्त अरब इमिरेट्स (युएई)मा दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

युएईको स्वास्थ्य मन्त्रालयले सोमवार १४ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा ४ जना स्थानीय, ३ इटालीयन नागरिक, २ बंगलादेशी नागरिक, २ नेपाली नागरिक, १ रसियन नागरिक, १ भारतीय र १ सिरियन नागरिकमा कोरोना भेटिएको बताइएको छ ।

यससँगै युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।