कोरोना भाइरसको कहरः भारतमा तीन वर्षीय बालकमा संक्रमण भेटियो

कोरोना भाइरसको कहरः भारतमा तीन वर्षीय बालकमा संक्रमण भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । इटलीबाट दुवई हुँदै सात मार्चमा भारत आएकी ती बालिकालाई कोरोनाको संक्रमण देखिएको हो ।

कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो ।

स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार बालकसहित उनको परिवारलाई तत्काल अस्पताल पठाइएको बीबीबीले उल्लेख गरेको छ । बच्चाको नमूना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलमा पठाइएको थियो । परीक्षणको क्रममा बालकमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । भारतमा कोरोना भएका मध्ये ति बालक सबैभन्दा कम उमेरका भएको बताइएको छ ।

बच्चाकी आमा इटलीमा नर्सको रुपमा कार्यरत छिन् । उनका बुबालाई परीक्षणका लागि अस्पतालमा छुट्टै राखिएको छ । गएको २४ घण्टामा भारतीय एयरपोर्टमा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये इटालीबाट आएका तीन जना रहेका छन् ।

भारतमा उनी सहित ४३ जनामा कोरोना देखिएको छ ।