बर्षमानले भने ‘पार्टी नेतृत्वविरुद्ध घेराबन्दी भए रोल्पाले कांध थाप्छ ’

बर्षमानले भने ‘पार्टी नेतृत्वविरुद्ध घेराबन्दी भए रोल्पाले कांध थाप्छ ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले रोल्पाको विकासको लागी आफुले कुनै कसर बांकी नराख्ने दाबी गरेका छन् । रोल्पा–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पुनले रोल्पा र रोल्पाली जनताको समग्र विकासका लागी कुनै कसर बांकी नराख्ने बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागी सुरु गरेको यात्रा नरोकिने दाबी समेत गरे ।

माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका मन्त्री पुनले पार्टी नेतृत्वविरुद्ध हुने घेराबन्दीलाई तोड्नुपर्ने बताए । उनले भने ‘पार्टी नेतृत्व विरुद्ध जनयुद्धकालमा भन्दा ठुलो घेराबन्दी हुन् सक्छ त्यसका लागी विगतझै रोल्पाले नेतृत्वको संरक्षणको लागी निर्शत कांध थाप्छ ।’
मन्त्री पुनले दुवै पार्टीका अध्यक्षले अघि सारेको पार्टी एकताको प्रक्रिया छिट्टै पुरा हुने बताए ।