१०३ वर्षीया चिनियाँ हजुरआमाको कोरोनामाथि जीत

१०३ वर्षीया चिनियाँ हजुरआमाको कोरोनामाथि जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – वुहानमा ६ दिनको उपचारपछि १०३ वर्षीया चिनियाँ हजुरआमाले कोरानामाथि विजय प्राप्त गरेकि छन् । एक शताब्दीको उमेर पुरा गरेकी झाङ गुवाङफेनलाई हिजो अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनी हालसम्म चीनमा कोरोनाभाइरसबाट मुक्त हुने सबैभन्दा पाको उमेरकी व्यक्ति हुन् । यो भन्दा पहिले पनि १०१ वर्षका व्यक्ति चीनमा कोरोनाभाइरसबाट मुक्त भएका थिए । उनी उक्त व्यक्ति भन्दा २ वर्षले जेठी छिन् ।

उनलाई अन्य धेरै रोग नभएकाले १ साता भन्दा कमको अवधिमा घर फर्काइएको उनका चिकित्सक जेङ युलानले स्थानीय संचार माध्यमलाई बताए ।

उनलाई मार्च १ मा लियुआन एफलियटेड हस्पिटलमा यो खतरनाका रोग लागेको पत्ता लागेको थियो । यो अस्पताल मध्य चीनको हुवेई प्रान्तमा रहेको छ ।