एजेन्सी – हाल विश्वव्यापी बनेको कोरोनाभाइरसले विश्वका १०० भन्दा बढी मुलुकलाई आफ्नो चपेटामा पारिसकेको छ । पहिले चीनमा देखिएको यो भाइरसबाट अमेरिका, युरोप लगायत मध्यपूर्वका देशमा पनि आफ्नो प्रभाव विस्तार गरिसकेको छ ।
यसैबीच यो विस्तार हुनबाट रोक्नका लागि कुवेत सरकारले कर्मचारीलाई दुई सातको विदा दिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएको अवस्थामा कुवेत सरकारले यस्तो निर्णय लिएको हो ।
संचार माध्यमका अनुसार यो निर्णय बिहीबारदेखि नै लागू हुनेछ । यो कार्यान्वनमा आएसँगै कुवेतमा कार्यरत सम्पूर्ण कर्मचारीलाई दुई साताको बिदा दिइएको छ ।
सरकारले २६ मार्चसम्मको लागि कर्मचारीहरूलाई घरमा बस्नको लागि अपिल गरेको छ । बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला गर्न सरकारले प्रतिवन्ध लगाएको उल्लेख गरिएको छ ।
त्यस्तै कुवेत सरकारले हवाई उडानमा पनि कडाइ गरेको छ । कुवेतबाट हने सबै किसिमाका व्यापारिक डानमा प्रतिवन्ध लगाएको छ । यो शुक्रबारबाट लागू हुने जनाइएको छ । कुवेतले कार्गो सेवामा भने यो निर्णय लागु नहुने जनाएको छ ।
चीनमा नियन्त्रण हुँदै गएको कोरोना भाइरस विश्वभर भने निरन्तर फैलिएको छ । अहिलेसम्म ११४ राष्ट्रमा फैलिएकोमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।




प्रतिक्रिया