भारतले लियो विश्वकै कठोर निर्णय, सबै सीमा नाका बन्द

भारतले लियो विश्वकै कठोर निर्णय, सबै सीमा नाका बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं – कोरोना भाइरसको महामारी रोक्न भन्दै भारतले विश्वकै कठोर निर्णय लिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि एक महिना (अप्रिल १५ ) सम्मको लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

विश्वका विभिन्न देशले कोरोना स्रकमित देशका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाइरहेको बेला बुधबार बसेको भारतका शीर्ष मन्त्रीहरूको बैठकले विश्वका हुनै पनि नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् ।

आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै यस्तो कडा निर्णय लिएको हो ।