जनकराज पाठक/काठमाडौं – मानव जातीको उच्चतम आदर्शमा निहित न्याय, समानता र मानवतामै अडेको नेपालको धर्मसंस्कृति, परम्परा, इतिहास र संस्थागत निरन्तरतालाई संम्वद्र्धनवादको रुपमा लिइएको छ भने आर्थिक, राजनीतिक, सामाजिक समावेशीता, प्रतिस्पर्धात्मक अर्थतन्त्र तथा वहुलवादी प्रजातन्त्रमा आधारित सशक्तिकरणका संस्थागत आयामहरुलाई प्रगतिशील उदारवादको रुपमा हेरेको छ । यो चिन्तनका धारहरुको मिश्रण र संयोजन उदारवादी चिन्तन हो ।
यो चिन्तन गरिवलाई मुक्ति दिलाउन र भ्रष्टाचार विरुद्धको संघर्ष तथा नयाँ समाज निर्माणको आधार हो । वहस र चिन्तनलाई प्रोत्साहन गर्दै मेरो राज्य छ भनि जनता सुरक्षित रहने, कानुनी मात्र नभइ अवसरको पनि समानता दिने चिन्तन नै राप्रपा को चिन्तन हो ।
मुलुकको इतिहास, धनी संस्कृति,सदियौं देखिको धर्मको मानवतावादी दृष्टिकोण यो हाम्रो परिचय हो । वहुमतको शासन,अल्पमतको सम्मान, प्रेस तथा वाक स्वतन्त्रताको प्रत्याभुति, संघ÷संगठन खोल्न पाउने अधिकार, व्यक्तिको जिउधनको सुरक्षा यो राप्रपाको चिन्तन हो । यो चिन्तनको परिवेशमा राप्रपा एक हुनु नै थियो । अब राजनैतिक बजारमा वलियो उपस्थित देखाउने हाम्रो चुनौति छ ।
अवको दिन औपचारिकता र मानको खातिर पार्टीमा उपस्थितको कुनै अर्थ रहने छैन् ।आरामदायी र सजिलो किसिमले माथि पुगिन्छ वा पुग्न सकिन्छ भन्ने कल्पना छोड्नु पर्छ । चारै तिर वामपन्थी सरकारले धुलो उडाएको छ । यो धुलो र कोलाहालकोबीचमा हामी के गर्ने ? कहाँ जाने भन्ने चिन्ता विलकुल नगरौं । यो चुनौतीसंग लड्न हामी(पार्टी)ले लिएको नीति, सिद्धान्त ठिक छ भन्ने सन्देश जनताकाबीचमा कसरी लान सकिन्छ दृष्टि त्यता तिर मात्र केन्द्रत गरौं ।
चुनौतीपूर्ण आगामी दिन र परिस्थितिसंग नडराइ सरकारका क्रियाकलापलाई समर्थन, आलोचना वा सडक संघर्षले सकारात्मक स्थान हामीलाई दिन सक्छ । हामी सहि तरिकाले जनतालाई सम्वोधन गर्दै अगाडि बढ्यौं भने भोली थाम्न नसकिने भिड र समर्थन निश्चय छ । यो वामपन्थी धुलो हाम्रो लागि परीक्षा पनि हो । यो पार लाउन ऐजेन्डा प्रति दृढ रहेर संगठन निर्माणमा समर्पित हुनु हाम्रो(राप्रपाको) दायित्व हो ।
अहिले हामीले प्राप्त गरेको मत संसदीय व्यवस्था रहिरहे डरलाग्दो अवस्थाको छ । संसदीय व्यवस्थामा मत विना उपस्थित देखाउन सकिदैन र आफ्नो उपस्थित देखाउन नसक्ने दलसंग जनता ले आशा गर्दैनन् जनता ले आशा नराख्ने दल भनेको मृत प्रायः हो । यध्यपी एउटै निर्वाचन दलको लागि अन्तिम हुँदैन । हामी कहाँनिर चुक्यौ त ? निति,प्रतिबद्धता, वा नेता के माथि जनताले प्रस्न उठाएका छन त ! यसलाई गम्भिर विष्लेषण गर्दै यसको निरुपण गर्दै जने हो भने हाम्रो राजनैतिक भविष्य सुरक्षित छ ।
राजा, धर्म, संस्कृति, कुलपरम्परा मान्ने यत्रो वर्गको साथ हामिलाई छ । पंचायत व्यवस्थामा काम गरेका वहुदलिय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निश्कलंक नेताहरु एक भएर उभिएका छन् । अब हामी उठन सक्ने कि नसक्ने ?
मानव अधिकार, प्रेस, अख्तियार, अदालत माथिको नियन्त्रणको प्रयास, आफूभन्दा फरक मत राख्ने लाई निषेधको राजनीतिले व्यवस्था माथि नै आक्रोश बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुद्धृढ तुल्लाउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धर्मसंस्कृतिको जगलाई मजवुत बनाउन, राष्ट्र निर्माणमा उल्लेख्य योगदान पुर्याउँदै आएको राजसंस्था पुर्नस्थापना गर्न अब राप्रपाले आन्दोलनको नेतृत्व गर्न पर्छ ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा, भेषको संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात,आवास, पिउने पानी, जिउधनको सुरक्षा, महँगी नियन्त्रण र भ्रष्टाचारको विरुद्धमा अब आन्दोलनको नेतृत्व राप्रपाले गर्नु पर्छ । यसको विकल्प देख्नै हुन्न, हेर्नै हुन्न ।
विलम्ब नगरौ आन्दोलनलाई संगठन निर्माण को आधार बनाउँदै ७७ नै जिल्लामा जिल्लास्तरिय आन्दोलनको सुरुवात गरौं । ततपश्चात प्रप्त हुने जनसमर्थनको सदुपयोग गर्दै केन्द्रमा हुने आन्दोलनले माथि उल्लेख गरिएका विषयहरुलाई पुनःस्थापन गर्न सकिन्छ । तमाम नेता तथा कार्यकर्ता पनि राजनैतिक रुपले सुरक्षित रहन्छ । (लेखक राप्रपा नेता हुन् । )




प्रतिक्रिया