काठमाण्डु – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन् ।
नक्कली प्रहरी बनेर समाजमा डरत्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार बुधबार काठमाण्डु महानगरपालिका–७ गौरीघाटबाट पक्राउ परेका हुन् ।
निजले चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हवल्दार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाण्डु प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया