एजेन्सी – कोरोना भाइरसको संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ ।
विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना (कोभिड–१९)ले कर्नाटक राज्यको कालाबुरागीका संक्रमित ७६ वर्षीय वृद्धको मंगलबार राती हैदराबादको एक अस्पतालमा मृत्यु भएको हो ।
द इकोनोमिक टाइम्सका अनुसार कर्नाटकका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले कोरोनाबाट संक्रमित वृद्धको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार ती व्यक्ति साउदी अरबको भ्रमणबाट मार्च पहिलो हप्ता भारत फर्किएका थिए ।
फर्किँदा ज्वरो र रुघाखोकीले थलिएका उनी चिकित्सक र परिवारको सल्लाहमा हैदराबादस्थित अस्पताल भर्ना भएका थिए । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । भारतभर ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।




प्रतिक्रिया