पल शाहले गरे आँचललाई इन्स्टाग्राममा अनफलो


काठमाडौं – अभिनेता पल शाहले अभिनेत्री आँचल शर्मालाई आफ्नो इन्स्टाग्रामबाट हटाएका छन् ।

नायिका आँचल शर्माले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिहे गरेपछि पलले आँचललाई इन्स्टाबाट अनफलो गरेका हुन् । आँचलले पनि पललाई आफ्नो इन्स्टाग्रामबाट हटाएकी छन् ।

पल र आँचलको केही समय अगाडिसम्म प्रेम चर्चा थियो । तर, यी दुइले आफूहरुलाई राम्रो साथी मात्रै भएको दावी गर्दै आएका थिए । पछिल्ला केही महिनादेखि भने यी दुइले एकसाथ काम पनि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement