कोरोनाको कहरः अमेरिकाका पाँच राज्यका सबै विद्यालय बन्द

कोरोनाको कहरः अमेरिकाका पाँच राज्यका सबै विद्यालय बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिंटन – कोरोना भाइरसको त्रासका कारण संयुक्त राज्य अमेरिकाका पाँच राज्यका सबै विद्यालय बन्द गरिएका छन् । अमेरिकाका केन्टुकी, म्‍यारिल्यान्ड, ओहिओ, मिचिगन र न्यु मेक्सिकोले सम्पूर्ण विद्यालय बन्द गरेका हुन् ।

भाइरसको महामारीपछि अमेरिका विद्यालय बन्द गर्ने यो पहिलो कदम पनि हो । त्यसैगरी वासिङ्‌टन सरकारले पनि विद्यालय बन्द गर्ने तयारी गरिरहेको छ । तर, आधिकारिक विद्यालय बन्दको घोषणाअघि केही ठूला विद्यालयहरुले भने बिदा दिइसकेका थिए ।

म्यारिल्यान्डमा मार्च १६ देखि २७ सम्म दुई साताका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । त्यसैगरी ओहिओमा मार्च १६ देखि अप्रिल ३ सम्मका लागि सम्पूर्ण विद‍्यालय बन्दको घोषणा गरेको छ । यसबाट ओहिओका १६ लाख ६० हजार विद्यार्थीरुको पठनपाठन प्रभावित हुने भएको छ ।

केन्टुकी राज्यका पनि सम्पूर्ण विद्यालय मार्च १६ देखि दुई साताका लागि बन्द गर्ने घोषणा गरिएको छ । न्यु मेक्सिकोका विद्यालयहरु मार्च १६ देखि तीन साताका लागि बन्द गरिएका छन् भने मिचिकन राज्यका विद्यालयहरु मार्च १६ देखि अप्रिल ६ सम्मका लागि बन्द गरिएका छन् ।

यसबाहेक अन्य विभिन्‍न राज्यका विभिन्न सहरहरुमा पनि विद्यालयहरु बन्द गरिएका छन् । जसमा सान फ्रान्सिस्को, डेन्भेर, एट्लान्टा, अस्टिन, डालस, हउसटोन, सिअटल र न्यु रोक्हेलका विद्यालयहरु बन्द गरिएका छन् ।