थप ११ हजार मेट्रिक टन ग्यास आयात हुन्छ, आवश्यकभन्दा बढी नराख्नुस्: उद्योग मन्त्राललय

थप ११ हजार मेट्रिक टन ग्यास आयात हुन्छ, आवश्यकभन्दा बढी नराख्नुस्: उद्योग मन्त्राललय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बजार आपूर्ति सहज गर्न नियमित खपतका अतिरिक्त थप ११ हजार मेट्रिक टन ग्यास आयात गर्ने भएको छ । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेका बेला नेपाल आयल निगमले ग्यास आयात बढाउने निर्णय गरेको हो ।

अब थप ग्यास ल्याउने भएपछि बजारमा यसको समस्या नहुने भएकोले आवश्यकता भन्दा बढी मौज्याद नराख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयले आग्रह गरेको छ ।

‘विगतझै नियमित गरिकाले वस्तुहरु उपभोग गर्नुहोस्, आवश्यकभन्दा बढी मौज्दात नराख्नुस्’ मन्त्रालयले भनेको छ ।

उपभोक्तालाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी रुपमा निरन्तर अघि बढाइरहने समेत मन्त्रालयले प्रतिवद्धता जनाएको छ ।

कोरोना भाइरस जोखिम बढी रहेकोले सतर्कता अपनाउन गर्नुपर्ने पूर्व तयारीसँगै बजारको विद्यमान अवस्थाका बारेमा उद्योग मन्त्रीको उपस्थितिमा २९ गते उद्योग मन्त्रालय र अन्तर्गत विभागका उच्च पदस्थ पदाधिकारीको बैठक बसेको थियो ।