मोदीको प्रस्ताव भुटानद्वारा स्वीकारः तपाईंको नेतृत्वमा नतिजा निस्किनेछ

मोदीको प्रस्ताव भुटानद्वारा स्वीकारः तपाईंको नेतृत्वमा नतिजा निस्किनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबारे सार्क नेताबीच भिडिओ कन्फरेन्स गर्न राखेको प्रस्तावलाई भुटानी प्रधानमन्त्रीले समर्थन गरेका छन् । प्रधानमन्त्री लोते छिरिङले आधिकारिक ह्यान्डलबाट ट्विट गर्दै मोदीकै नेतृत्वमा रणनीति तयार गर्न जुट्नुपर्ने बताएका हुन् ।

‘यसलाई हामी नेतृत्व भन्छौँ । यस क्षेत्रका सदस्य भएकाले हामी यस्तो समयमा एकजुट हुनैपर्छ । साना अर्थतन्त्र झन् बढी प्रभावित हुनेछन् । त्यसैले हामीले समन्वय गर्नैपर्छ,’ छिरिङले भनेका छन्, ‘तपाईंको नेतृत्वमा तत्काल प्रभावकारी नतिजा निस्किनेछ भन्नेमा मलाई कुनै शंका छैन । भिडिओे कन्फेरेन्सको प्रतीक्षामा छु ।’

मोदीले कोरोना भाइरसबारे सार्क नेताबीच भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव पठाएका थिए ।

भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत् मोदीको उक्त निम्तो प्रधानमन्त्री कार्यालयमा पुर्‍याएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका थिए ।

‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ । हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्, ‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं ।