भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली – दिल्लीमा कोरोनाभाइरसबाट पहिलो मृत्यु भएको छ । यहाँको आरएमएल अस्पतालमा शुक्रबार ६८ वर्षकी महिलाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमणका कारण दुईको मृत्यु भएको छ ।

मृतक महिलाको छोराले ३ देखि २२ फेब्रुअरीसम्म स्वीट्जरल्यान्ड र इटालीको भ्रमण गरेका थिए । मृतक महिलाको छोरोका उपचार जारी रहेको छ । आंकडाका अनुसार भारतमा कोरोनाबाट कुल ८५पीडित भएका छन् ।

उपचारका कारण १० को अवस्थामा सुधार आएको छ र अझै ७३ मानिस कोरोनाबाट पीडित भएको पुष्टि भएको छ । दिल्लीमा मेट्रोमा स्यानिटराइजेशनको काम सुरु गरिएको छ । कोरोनाभाइरसका कारण इन्दोरमा पनि एक सम्मेलन रद्द गरिएको छ ।

कोरोनाका कारण अमेरिकामा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ । राष्ट्रपति ट्रम्पको यो घोषणामा कोरोनासँग लड्नका लागि ५० अर्ब डलरको कोषको घोषणा गरिएको छ ।