कोरोना शंकास्पदको उपचारमा संलग्नलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

कोरोना शंकास्पदको उपचारमा संलग्नलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको वुहानबाट फर्काइएका १७५ जना नेपालीको उपचारमा संलग्न चिकित्सकहरुलाई  ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपचारमा संलग्न सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले उच्च जोखिमका बावजुद नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीलाई अहोरात्र खट्टिई निर्वाह गर्नु भएको प्रशंसनिय कार्यको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै उक्त साहसिक कार्य सबैका लागि प्रेरणादायी हुने विश्वास समेत व्यक्त गरे ।

चीनमा कोरोना भाईरसको संक्रमण बढेपश्‍चात चीनमा रहेका १७५ जना नेपाली नागरिकहरुलाई नेपालमा ल्याउने भक्तपुरको खरिपाटीस्थितमा फागुन ४ देखि १८ सम्म क्वारेन्टाइनमा उपचार गर्ने १९ जना सैनिक र १ जना गैह्र सैनिक डाक्टरलाई उक्त निशानबाट सुशोभित गरिएको हो।

नेतृत्व तहबाट गरिएको यस प्रकारको कदर तथा प्रशंसाले सैनिकहरुको कार्य क्षमता, आत्मबल तथा संगठनप्रतिको सकारात्मक भावनामा वृद्धि हुनुको साथै आगामी दिनहरुमा यस प्रकारको मानविय तथा जोखिमपूर्ण कार्यमा स्वत स्फूर्त रुपमा सहभागीताको लागि प्रेरणादायी हुने विश्वास नेपाली सेनाले लिएको छ।