कोभिड–१९: अमेरिकी सेनालाई भ्रमण गर्न प्रतिबन्ध

कोभिड–१९: अमेरिकी सेनालाई भ्रमण गर्न प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा नयाँ कोरोनाभाइरसको विस्तार रोक्नका लागि सेनालाई भ्रमणमाथि प्रतिबन्ध लगाइएको छ ।

यो स्टेशनको स्थायी परिवर्तन (पीसीएस) का अधिकारी र अस्थायी ड्यूटी असाइनमेन्ट (टीडीवाई) भ्रमणमा लागू हुने रक्षा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो प्रतिबन्ध सोमबारदेखि लागू हुनेछ ।

“सबै रक्षा विभाग सेवका सदस्यहरु र नागरिक, उनीहरुको परिवारको सदस्यले पीसीएस र टीडीवाई जस्ता भ्रमण मे ११ सम्मका लागि रोक्नेछन्,” फ्याक्ट सीटमा उल्लेख गरिएको छ ।

सेनालाई उनीहरुको स्थानीय क्षेत्र बाहिर बिदा लिनका लागि समेत प्रतिबन्ध लगाइएको छ । यद्यपी आपतकालिन समयमा भने उनीहरुलाई यो प्रतिबन्ध लागू हुनेछैन ।

“सेवाका सदस्यहरुले मात्रै स्थानीय क्षेत्रमा बिदा लिन सक्नेछन् । कोभिड–१९ को सम्भावित विस्तारलाई सीमित पार्नका लागि यसो गरिएको हो,” फ्याक्ट सीटमा उल्लेख गरिएको छ ।

“बाध्यकारी अवस्थामा भने यो प्रतिबन्ध लागू हुनेछैन । मिसनको आवश्यकता, मानविय सहयोगको आवश्यकता तथा अत्यन्त कठिन परिस्थितिमा भने भ्रमण गर्न पाइनेछ ।” छुट दिने अधिकार कमाण्डरलाई मात्र हुने पेन्टागनका अधिकारीले बताएको मिलिटरी डट कमले जनाएको छ ।