काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यस वर्षको कक्षा १० को एसईई परीक्षा सर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै मन्त्री ढकालले चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने बताएका हुन् ।
‘अहिलेसम्म कोरोना भाइरस नेपालमा भित्रिइसकेको छैन, दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने–नबनाउने निर्णय गर्छौं,’ उनले भने ।
मन्त्री ढकालले अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार लागी परेको बताए ।
हालसम्म नेपालमा ४ सय जना ६४ जनामा कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नदेखिएको उनले बताए ।
सरकारले कोरोनाबाट बच्न भीडभाडमा नजान आग्रह गरको छ ।




प्रतिक्रिया