काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिवहरु लगायत २६ जनाकाे सरुवा गरेको छ ।
कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, तनहुँ बाराका सीडीओको सरुवा गरेको हो ।
मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।
यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ । त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको छ ।





प्रतिक्रिया