काेरोनाविरुद्ध सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स (लाइभ)

काेरोनाविरुद्ध सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स (लाइभ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका राष्ट्रप्रमुख र सरकार प्रमुख र मन्त्रीहरुबीच कोरोनाबारे छलफल भैरहेको छ। आज आइतबार सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क देश सावधानीपूर्वक कोभिड–१९ विरुद्ध लड्नुपर्ने बताएका छन् ।

दक्षिण एसिायली क्षेत्रमा कोरोना भाइरसको संक्रमण न्यूनीकरण, नियन्त्रण र फैलन नदिन सार्क स्तरिय छलफल भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छलफलका लागि पहल गरेका हुन्। छलफलमा नेपालले आपूर्ती सहजताको विषय उठाउने तयारी गरेको छ।

कन्फरेन्सको सुरुवातमै सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले सार्क देशमा १५० भन्दा कम केस देखिएको उल्लेख गर्दै भारतले कोरोनासम्बन्धी जागरुता अभियान चलाइरहेको जानकारी दिए। त्यस्तै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेकाले निकै सतर्कतापूर्वक यसविरुद्ध अभियान चाल्नुपर्ने मोदीले बताए। हेर्नुहोस् लाइभ