काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससंग लड्न सार्कराष्ट्रबीच आपतकालिन कोष बनाउने प्रस्ताव गरेका छन् ।
आइतबार सार्क राष्ट्रका प्रमुखबीच भएको साझा भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रस्ताव गरेका हुन् । ’कोभिड-१९ फन्ड’ नाम दिएर बनाउने भनिएको उक्त कोषलाई भारतले १० मिलियन अमेरिकी डलर दिने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने पनि बताए । मोदीले यस कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर(करिब एक अर्ब नेपाली रुपैयाँ) बराबरको राशी कोषमा जम्मा गर्ने पनि बताए ।
कोभिड–१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लाग्ने बताए । मोदीले सार्क राष्ट्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने पनि बताए ।




प्रतिक्रिया