मन्त्रिपरिषदकाे निर्णय : प्रदेश प्रमुखदेखि गाउँपालिका प्रमुखसम्मलाई ‘रातो पासपोर्ट’

मन्त्रिपरिषदकाे निर्णय : प्रदेश प्रमुखदेखि गाउँपालिका प्रमुखसम्मलाई ‘रातो पासपोर्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडाैँ – सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई विशिष्ठ श्रेणीको सुविधा पाउने गरी नियुक्त गरेको छ।

साथै बैठकले प्रधानमन्त्रीको जन–सम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई राज्यमन्त्रीको सुविधा पाउने गरी नियुक्त गरेको छ । यस्तै साेमबारको बैठकले नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले बताए ।

मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्मलाई कुटनीतिक राहदानी र नगरपालिका र गाउँपालिका प्रमुखलाई ‘अफिसियल’ राहदानी प्रदान गर्ने निर्णय पनि गरेको छ । प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् । आगामी चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।