काठमाडौं – कोरोना भाइरसको प्रकोप विश्वभर फैलिएपछि सरकारले कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने ५५ मुलुकका नागरिकलाई नेपाल आउन रोक लगाएको हो ।
यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबार रातिबाट लागू हुने र १५ अप्रिलसम्म कायम रहने समितिले निर्णय गरेको हो ।त्यस्तै समितिले कसैलाई कोरोना संक्रमण देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।




प्रतिक्रिया