काठमाडौं – सरकारले नेपाल भारत सीमा नाकामा थप कडाइ गर्ने भएको छ ।
गृहमन्त्रालयमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले दक्षिणी नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसका संक्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि सरकारले दक्षिणी नाकामा आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए । उनले यसबारे दुवै देशका परराष्ट्र मन्त्रालयले कार्ययोजना बनाउँदै गरेको उनले जानकारी दिए ।
बैठकमा गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसहित २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरु उपस्थित थिए ।




प्रतिक्रिया