काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
बिहीबार केन्द्रीय सचिवालय प्रमुख ध्रुव बहादुर प्रधान र भाष्कर भद्राको संयुक्त अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमणबाट जोगाउन सरकारले गरेका निर्णयको स्वागत गरेको हो ।
राप्रपाले कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना भएकाले सरकारलाई खबरदारी गर्नेछ ।
त्यस्तै बैठकले कोरोनाबाट प्रभावित न्यून आय भएका मजदूरको भरमा जीवनयापन गर्नै समुदायलाई प्रकोप अवधिभर गाँस, बाँस र औषधिको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
राप्रपाले ठूला समारोह र २५ जनाभन्दा बढी भेला हुने कार्य स्थगित गरेको छ ।





प्रतिक्रिया