राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ गर्न पाउने

राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको विधायन समितिले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई फोन ट्यापिङ गर्न दिने विधेयकमा सहमति जुटाएको छ ।

विशेष सेवा ऐन विधेयकमा समितिको बिहिबार बसेको बैठकले गुप्तचर निकायलाई फोन ट्यापिङ गर्ने अधिकार दिने व्यवस्थामा सहमति जुटाएको हो ।

यो विधेयक अब संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय अनुसन्धान विभागले व्यक्तिको टेलिफोन ट्यापिङको अधिकार पाउनेछ ।

टेलिफोन ट्यापिङ गरेर नागरिकको गोपनियताको हक हनन गर्न खाजेको भन्दै विरोध जनाएको नेपाली कांग्रेले आफ्नो अडान छाडेपछि गुप्तचरले यो अधिकार पाउने भएको हो ।

फोन ट्यापिङबाट प्राप्त विवतरण अन्य प्रयोजनका लागि प्रयोग नहुने ग्यारेन्टी गरिएको कांग्रेस सांसद प्रकाश पन्थले जानकारी दिए ।