विदेश जानबाट राेकिएका कामदारलाई सरकारले रोजगार दिन्छः मन्त्री खतिवडा

विदेश जानबाट राेकिएका कामदारलाई सरकारले रोजगार दिन्छः मन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विदेश जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभगी हुन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिने बताएका हुन् ।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने र टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने बताए । कोरोना भाइरसको पक्रोपलाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति दिन स्थगित गरेपछि रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेका कयौं युवाहरु प्रभावित भएका छन् ।