काठमाडौं – प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारले अघि सारेको कोरोना संक्रमण नियन्त्रण अभियान सफल बनाउन भन्दै स्थगित गरिएको हो ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले चैत १३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण त्रासपछि सरकारले सर्वसाधारणलाई २५ जनामन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ ।




प्रतिक्रिया