कोरोना संक्रमितको जिम्मा सरकारले लिन्छः भानुभक्त ढकाल

कोरोना संक्रमितको जिम्मा सरकारले लिन्छः भानुभक्त ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण भएका सम्पूर्ण बिरामीका उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पष्ट पारेका छन् ।

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताए । उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न आग्रह गरे । आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे ।

‘कोरोनाविरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको युद्ध हो । त्यसैले गलत प्रचार गर्दा त्यो गलत हतियारको निसाना सोझिएर आफूतिर पनि आउन सक्छ,’ उनले भने ।