कृष्णनगरका मेयर नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

कृष्णनगरका मेयर नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेकपामा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरप्रमुख निर्वाचित भएका साहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मात्रृकाप्रसाद यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराई स्वागत गरेका हुन् ।

साहसँगै कृष्णनगरका युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गरेको हो । प्रमुख साहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताए ।