काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्न अमेरिकाले नेपाललाई २० करोड सहयोग गर्ने भएको छ । अमेरिकाले कोभिड–१९ सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन थप सहयोग उपलब्ध गराउन लागेको हो ।
अमेरिकी अन्तराष्टि«य विकास नियोग (युएसएआइडी) को संक्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्चित कोषको एक हिस्सा नेपाललाई सहयोग गरिएको बताइएको छ ।
कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड–१९ को रोकथामबारेमा समुदायलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारीविरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमको विस्तार गर्न प्रयोग हुनेछ ।
बाँकी ७ लाख डलरले विश्व स्वास्थ्य सङ्गठन मार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापलाई टेवा पु¥याउने दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा, स्वास्थ्यकर जीवनशैली र असल पोषणको प्रवद्र्धन गर्न युएसएआइडीका स्वास्थ्य कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा र विद्यमान राष्ट्रिय स्वास्थ्य प्रणाली तथा सेवामार्फत सञ्चालित रहेको पनि बताएको छ ।





प्रतिक्रिया