प्रदेश १ ले सबै भारतीय नाका बन्द गरायो

प्रदेश १ ले सबै भारतीय नाका बन्द गरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नम्बर १ ले भारतसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्ने निर्णय गरिएको बताए ।

‘अहिलेलाई नाकाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुबैतर्फबाट मानिसहरूको आवतजावत रोक्ने निर्णय भयो । अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्छौं,’ उनले भने ।