काठमाडौं – पशुपति आर्यघाटमा २५ जना भन्दा बढी मलामी जान नपाइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले कोरोनाको संक्रमण नफैलियोस् भनेर आर्यघाटमा २५ जना भन्दा बढी मलामी नआउन सूचना जारी गरेको हो ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको कोषका अध्यक्ष प्रदीप ढकालले बताए ।
पशुपतिमा हरेक साँझ हुने आरतीसमेत बन्द गरिने भएको छ । पशुपतिमा हुने पूजाआजा र नगरी नहुने आरती भने नरोकिने उनले बताए ।




प्रतिक्रिया