काठमाडौं – स्वास्थ्य मन्त्रालयले अस्पताललाई अत्यावश्यक बाहेक ओपीडी र अप्रेसन सेवा बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार १५ बुँदे निर्णय गर्दै काठमाडौँका ५० वा सोभन्दा बढी शैया भएका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण (ओपीडी) र शल्यक्रियासम्बन्धी (अप्रेसन) सेवा चैत्र मसानतसम्म बन्द गर्ने निर्देशन दिएको हो ।
त्यस्तै मन्त्रालयले संकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ ।
मन्त्रालयले कोरोनाको नमूना परीक्षणका लागि योग्य मानिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न निर्देशन दिने र त्यसको अनुगमन गर्ने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया