सांसद शान्ता चौधरीद्धारा आजदेखि सबै भेटघाट बन्द

सांसद शान्ता चौधरीद्धारा आजदेखि सबै भेटघाट बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चौधरीले आजबाट दैनिक भेटभाट कार्यक्रम स्थगित गरेकी छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण सांसद चौधरीले आजदेखि सबै भेटघाट अनिश्चितकालको लागि स्थगित गरेकी हुन् ।

उनले सबै एकजुट बनेर आफू बाँच्ने र अरुलाई पनि बचाउँने काममा लाग्नु पर्ने बताउँदै सबै मिलेको खण्डमा कोरोना भाइरसको दुखद महामारीबाट जोगिन सक्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘कोरोना भाइरसको महामारीबाट जोगिन एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न दिनु हुदैन । सकेसम्म अत्आवश्यक काम बाहेक आफ्नो घर डेराबाट बाहिर ननिस्कने, भिडभाड नगर्ने, अरुकोमा नजाने, अरुलाई आउन नदिने र ब्यक्तिगत भेटघाट नगर्ने हो भने धेरै हदसम्म यो महामारी बढ्नबाट रोक्न सकिन्छ ।

केहि हप्ता हामीले यस्तो गर्नै पर्ने अवस्था आयो । म पनि आजबाट यो कुराको पालना गर्ने छु, कतै निस्कन्न र भेटघाट गर्दिन । सबैमा सचेत हुदै पूर्णरुपमा यी कुराहरु पालना गर्नु हुन आह्वान गर्दछु । हामी सबै मिलेको खण्डमा यो दुखद महामारीबाट जोगिन सक्छौ ।’