कोरोनाविरुद्ध लड्न जर्मनीले नेपाललाई १ मिलियन युरो सहयोग गर्ने

कोरोनाविरुद्ध लड्न जर्मनीले नेपाललाई १ मिलियन युरो सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारकिो रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका लागि जर्मनीले नेपाललाई एक मिलियन युरो अर्थात १२ करोड ८८ हजार सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को आपतकालिन अवस्थाको लागि सो सहयोग गर्न लागेको हो ।

नेपालस्थित जर्मन दूतावासले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाललाई प्रदान गर्दै आएको अन्य स्वास्थ्य कार्यक्रमसँगसँगै सो सहयोग पनि उपलब्ध गराउने जनाएको छ ।

कोभिड–१९ को संक्रमण संसारभर फैलिरहेको हालको अवस्थामा स्वास्थ्य सहयोग कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।