काठमाडौं – सरकारले कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कालोबजारी गर्नेलार्य कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
त्यस्तै सरकारले सबै अन्तर्रा्ष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन् ।
सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका छन् ।




प्रतिक्रिया