काठमाडौं –कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बेलायतमा एक जना नेपालीको मृत्यु भएको छ । संखुवासभा खाँदबारी नगरपालिका १० घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको हो ।
उनको मंगलवार (मार्च १७)मा लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिवार मात्र दिएको हो ।
उनी केही दिनअघि मात्र अस्पतालबाट घर फर्किएका थिए । मंगलवार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई पुनः अस्पताल लगिएको थियो । सोही साँझ करिब ८ बजे उनको मृत्यु भएको हो । उनको परिवारलाई हाल ‘आइसोलेसन’मा राखिएको छ ।
बेलायत जानुअघि उनी लामो समयदेखि सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका थिए ।सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी सन् २००८ देखि श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ । उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो ।




प्रतिक्रिया