कोरोना कोषमा १ करोड सहयोग गर्ने उद्योगपति वसन्त चौधरीको घोषणा

कोरोना कोषमा १ करोड सहयोग गर्ने उद्योगपति वसन्त चौधरीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योगपति वसन्त चौधरीले कोरोनाविरुद्ध लड्न सरकारले घोषणा गरेको कोरोना कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

चौधरीले सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका हुन् ।

सोमबार एक ट्विट गर्दै भनेका छन्, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिकरवसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाखबराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने छ ।’